चर्चित गायिका राधिका हमालको लाहुरे गीतको भिडियो सार्वजनिक !

0
530

चैत ७ काठमाण्डौ ! चर्चित लोक दोहोरी गायिका राधिका हमाल पुनको बिल्कुलै नयाँ गीत लाहुरेको भिडियो सार्वजनिक भएको छ ! छोटो समयमानै यो डानसिङ्ग गीतको भिडियो चर्चामा रहेको छ ! यस लाहुरे बोलको गीतमा आवाज चर्चित गायिका राधिका हमाल पुनकै रहेको छ , एल्बम चर्चामा समाबेश भएको लाहुरे गीतलाई चर्चित गीतकार तथा संगीतकार एक नारायण भण्डारीले रचना तथा संगीत गर्नु भएको छ भने,यस गीतलाई महेश पुनले संगीत संयोजन गर्नु भएको छ, गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गर्नु भएको छ त्यसै गरी यस गीतको भिडियोलाई भिस्म बहादुर कार्कीले छायांकन गर्नु भएको छ , रमाइलो पारामा बनेको गीतको भिडियोमा बेनिशा हमाल राजेन्द्र कुँवर सफलको रमाइलो अभिनय देख्न पाइन्छ ! यस गीतको सीनेमाटोग्राफरमा राजेश घिमिरे रहनु भएको छ ! यस गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गर्नु भएको छ ! गीतको अडियो भिडियोलाई म्युजिक बैंक नेपाल प्रा लिले बजारमा ल्याएको छ ! उक्त रमाइलो गीतको भिडियो यु ट्युबमा अहिले चर्चामा रहेको छ ! भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here