चर्चित छायाँकार मुकेश हुमागाईंद्वारा छायांकन गरिएको( तिमिले जीवन साथि) गीतको फरक धारको भिडियो सार्वजनिक !

0
2286

माघ १५ सोमबार काठमान्डौ ! म्युजिक भिडियो छायांकनको दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित छायाँकार अथवा भनौ क्यामेरा म्यान मुकेश हुमागाईं अहिले सम्मकै पृथक भिडियो, चर्चित गायक हेमन्त शिशिरको स्वरमा सजिएको (तिमीले जीवन साथि) बोलको गीतको भिडियो सार्बजनिक भएको छ ! तिमीले जीवन साथि बोलको गीत शंका एल्बममा समाबेश छ ! यस गीतमा शब्द संगीत स्वर चर्चित गायक स्वयम् हेमन्त शिशिरको रहेको छ ! यस गीतको म्युजिक भिडियोमा बिक्रम बुढाथोकी र शुश्मा जिमीले अभिनय गरेका छन् ! निकै सुमधुर यस गीतको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन् भने, यस गीतलाई चर्चित छायाँकार तथा धेरै म्युजिक भिडियोलाई आफ्नो क्यामेरा मार्फत जादुइ कलाद्वारा हीट म्युजिक भिडियो दिइसकेका मुकेश हुमागाईंले छायांकन गरेका हुन् ! तर अरु भिडियो भन्दा यो अलगधार बाट छायांकन गरिएको हो भन्छन क्यामेरा म्यान मुकेश हुमागाईं ! यस म्युजिक भिडियोलाई सम्पादन भने अमृत चापागाईंले गरेका हुन् ! यस गीतको पोष्ट प्रोडक्सन भने जनता फिल्मस्ले गरेको छ ! अहिले यो गीत यु ट्युबमा चर्चा कमाइ रहेको दाबी गरेका छन् चर्चित गायक हेमन्त शिशिर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here