चर्चित बलिउड अभिनेता अर्जुन कपुर नेपालमा |

0
624

भाद्र १२ काठमाडौँ- चर्चित बलिउड अभिनेता अर्जुन कपुर नेपाल आइपुगेका छन् । कपुर फिल्म ‘इण्डियाज् मोस्ट वान्टेट’ को सुटिङको लागी नेपाल आइपुगेका हुन् । फिल्ममा उनी प्रहरी अफिसरको भुमिकामा देखिँदैछन् । सोमबार राजधानी आइपुगेका उनी सुटिङका लागि उनि पोखरा पुगिसकेका छन् ।

नेपालको पोखरा र दिल्लीमा छायांकन हुने यो फिल्मकोे दिल्लीको सुटिङ सकेपछि फिल्म यूनिट नेपाल आएको बताइएको छ । यद्यपि उनी कति दिन नेपाल रहन्छन त्यो भने खुलाइएको छैन् ।यस अघि उनीसँग परिणीति चोपडा पनि नेपाल आउने कुरा भएपनि अर्जुन एक्लै नेपाल आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here