पुष १९ काठमाण्डौ |घरको पिँढीमा लौरीको सहारा लिएर काठको बेन्चमाथि भेटिए, एक व्यक्ति। थोत्रो मैलोसेतो सर्ट र नीलो जिन्सपाइन्ट लगाएका।एकोहोरो बरबराइरहने।
बाटोमा जसलाई देखे पनि ‘कता हिँड्नुभो?’ सोधिहाल्ने। उत्तर आए भन्थे, ‘आउनुस् न एकछिन बसौं। राष्ट्रिय कलाकार विष्णु माझीको घर आउनुभएको छ, बसौं न।
’ उनले सञ्चारकर्मी टोलीलाई पनि त्यसै गरे। बस्न बेन्च छाडे। अनि गुन्गुनाए–ताराबोटे बाटैमा लोटे,खस्यो टोपी टिपिदेऊ चाउकोटे… यो चापाकोटस्थित ब्राह्मण बस्तीलाई गीतबाट उनको व्यंग्य थियो। गहभरि आँसु बनाउँदै उनले फेरि अर्को भाका हाले, भिडियो हेर्नुहोस