चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीत नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा |

0
614

मङ्सिर २८ काठमाण्डौ |नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएको करिब १२ घन्टामै नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । यो गीतलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् ।

अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, दिग्गज धौरालीको शब्दमा तयार भएको गीतलाई दर्शकले रुचाएका छन् । यो गीत सार्वजनिक भएको समयमा नै युटुबमा निर्माता गोविन्द शाहीले चलचित्र ‘लिलिबिली’ पनि सार्वजनिक गरेका थिए । गोविन्दले एउटै समयमा चलचित्र सार्वजनिक गर्नुको कारण प्रष्ट वुझ्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here