चर्चित हाँस्य कलाकार मनोज गजुरेलले गरे सम्बन्ध बिच्छेद !

0
1465

माघ ५ शुक्रबार काठमाण्डौ !
कमेडी किङ्ग नामले परिचित मनोज गजुरेलले आपसी सहमतिमा श्रीमतीसंग सम्बन्ध बिच्छेद गरेका छन् ! गजुरेलले श्रीमती मिना ढकाल संग आपसी सहमतिमानै सम्बन्ध बिच्छेद गरेको विभिन्न मिडिया हरुलाई जानकारी दिईन ! सम्बन्ध बिच्छेदको सम्बन्धमा गजुरेलले भने ,आपसी सहमतिमै हाम्रो असन्तुष्टिलाई अलग अलग बस्ने गरि टुंगो लगाएका छौँ ! भक्तपुर अदालतबाटै कानुनी प्रक्रिया पुरा गरेर अलग बस्न थालेको गजुरेलले मिडियालाई जानकारी दिए !
छोरा म संग छ ! छोरि मिना संग,गजुरेलले भने ,किन अलग भयौं भन्नु भन्दा पनि, असन्तुष्टिको समाधान त्यहि निस्कियो !
आपसी सहमतिमै सम्बन्ध बिच्छेद भएको बताएका गजुरेलले मिडियामा धेरै कुरा नगर्ने बताए ! सम्बन्ध बिच्छेद पछि गजुरेल बालकोटस्थित घरमा छोरा संग छन् भने मिना नयाँ बानेश्वरमा छोरीसंग बस्न थालेकी छिन् !
२०५२ सालमा पहिलो पटक भेट भएपछि मनोज र मिना प्रेममा परेका थिए ! यो जोडीको बिबाह २०५३ साल बैशाखमा काठमाण्डौकै एक मन्दिरमा भएको थियो ! मिनाका अनुसार विवाहमा गजुरेल २२ बर्षका थिए भने उनि १९ बर्षकी थिइन् ! २०५३ सालमा प्रेम विवाह गरेको यो जोडीले २०७४ साल पुष १९ गते सम्बन्ध बिच्छेद गरेका हुन् ! यति छोटो समयमानै यो जोडीको सम्बन्ध बिच्छेदको खबरले गजुरेलका फ्यान आश्चर्यमा परेका छन् भने, मिनाका आफन्त समेत चकित परेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here