चलचित्र द प्रेसियस गिफ्ट” सार्बजनिक |

0
526

द प्रेसियस गिफ्ट” एउटा लघु चलचित्र(सर्ट मुभी) हो। अन्य देशहरुमा लघु चलचित्रहरुले राम्रै ख्याति कमाए पनि नेपालमा भने यस्ता चलचित्रहरु यदकदा मात्र बन्दै आएका छन र उल्लेखनीय प्रभाव छोड्न पनि सकिरहेका छैनन्।
कुनै महत्वपूर्ण बिषयबस्तु माथि संदेशमुलुक रुपमा बन्ने लघु चलचित्रहरु लेखन, प्रस्तुति र अभिनयको पक्षबाट निकै सबल र रोमाञ्चक हुने गर्दछन्।

कवि गीतकार मनिष वाशिष्टको लेखनमा बनेको “द प्रेसियस गिफ्ट” एउटा यस्तै संदेशमुलक ससक्त लघु चलचित्र हो। जसले नेपाली लघु चलचित्र निर्माणमा राम्रो छाप छोड्न सक्छ।केही दिन अघि मात्र यसलाई युट्युबबाट सार्वजनिक गरिएको छ
।एकातिर भगवान गणेशको आरती हुन्छ, अर्को तिर सानी छोरीको लागी क्रिसमस मनाउने तयारी हुन्छ। ईश्वर एउटै हुन् नाम फरक हो।

ईश्वरले दिएको उपहार नै ब्यक्ति स्वयं हो झन्डै १३ मिनेटको चलचित्रमा पनि जीवनको अलग पाटो र भावनालाई सुक्ष्म रुपले यहाँ प्रस्तुत गरिएको छ ।
अनुप चापागाईंको निर्देशनमा बनेको यस लघु चलचित्र हेरेपछी धेरै कुराले सोच मग्न बनाउन सक्छ। हरेक सटमा सानो भन्दा सानो कुरालाई ध्यान दिएर बनाइएको छ।
क्लाइमेक्सले मनलाई चिमोटी रहन सक्छ। सफर पोखरेल र बाल कलाकार गिर्वाणी पोखरेलको अभिनयले दर्शको मन जित्ने खालको स्वाभाविक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here