चलचित्र ‘मारुनी’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख पारिश्रमिक लिइन् ।

0
59

यतिबेला कलाकारको पारिश्रमिकको चर्चा खुबै छ । विशेषगरि, कलाकारले महंगो पारिश्रमिक लिएका कारण चलचित्र बन्न कम भएको हो भन्ने चर्चा पनि सुनिन्छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख पारिश्रमिक लिइन् । निर्मात्री पूनम गौतम पनि साम्राज्ञीको ब्रान्ड हेरेरै आफूले यति रकम दिएको बताउँछिन् ।

पछिल्लो समयमा कलाकारले पारिश्रमिक महंगो लिएपछि त्यसको केही गुणा बढी निर्मातालाई फिर्ता गर्न सक्नुपर्छ भन्ने खालका चर्चा पनि भएका छन् । के साम्राज्ञीलाई पनि यस्तै लाग्छ ।

उनी भन्छिन्–‘१५ लाख लिएपछि मेरै नामबाट त्यो रकम फिर्ता हुनुपर्छ गर्नुपर्छ भन्ने सोच त मलाई आउँदैन । तर, कुनै चलचित्रमा मैले संझौता गरिसकेपछि राम्रो काम गर्छु भन्ने प्रतिवद्धता मैले दिन सक्नुपर्छ ।

मलाई साइन गर्ने टिमले पनि राम्रो काम निकाल्न सक्छु भन्ने प्रतिवद्धता लिनुपर्छ । हामीले राम्रो चलचित्र दर्शकमाझ प्रस्तुत गर्ने प्रतिवद्धता मिलेर गरेका हौं । हामीले प्रस्तुत गरेको चलचित्र दर्शकलाई मन पर्नुपर्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here