चलचित्र शत्रु गतेको आजबाट ग्राण्ड ओपनिङ्ग !

0
618

चैत ९ काठमाण्डौ ! आज शुक्रवारबाट सिनेमा हलमा एक मात्र नयाँ चलचित्र शत्रु गते भव्यताका साथ् प्रदर्शनमा आएको छ । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रुगते’ आजबाट प्रदर्शनमा आएको छ । मल्टिप्लेसमा राम्रो सो पाएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रको बिहानी सो अधिंकास हाउसफुल रहेको छ , र दर्शकहरुको बाक्लो साथ पाएको छ । वितरक गोपाल कायस्थले दिएका जानकारी अनुसार काठमाडौँको गोपिकृष्ण, अष्टनारायण र मल्टिप्लेसका प्राय सोहरू भरिएको जानकारी दिए । हरिवंश आचार्यको कथा रहेको चलचित्रमा निर्देशक भट्टराई र दिपकराज गिरीको पटकथा रहेको छ ।चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । सोलो रिलिज पाएको चलचित्रले चलचित्र बजारमा निकै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here