चलचित्र संघले गर्यो बोर्ड अध्यक्षलाइ स्वागत !!

0
1208

पुष ४ मंगलबार काठमाण्डौ !
चलचित्र बिकाश बोर्डकि नव नियुक्ति अध्यक्ष निकिता पौडेललाई चलचित्र संघले स्वागत गरेको छ ! केहि दिन अगाडी मात्र निकितालाई नेपाल सरकारको मन्त्रि स्तरिय बैठकले चलचित्र बिकाश बोर्डको अध्यक्षमा नियुक्ति गरेको थियो ! चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयको सभापतित्वमा सम्पन्न कार्यक्रममा निकिताले चलचित्र क्षेत्रका लागी २ बर्षमा बिभिन्न काम गर्ने बताईन ! निकिताले भनिन म संधैनै चलचित्र क्षेत्रको बिकासका लागि क्रियाशील हुनेछु !आफ्नो दुई बर्षे कार्यकालमा गर्ने सम्पूर्ण कार्य योजना छिटै सार्बजनिक गर्ने छु !
चलचित्र संघका अध्यक्ष प्रदिकुमार उदयले चलचित्र क्षेत्रको बिकासका लागि लामो समय देखि आबद्ध परिवारको पहिलो महिला सदस्य चलचित्र विकास बोर्डले पाएको भन्दै सबैले गर्वको महसुस गर्नुपर्ने बताए ! निकिताको बिषयमा नकारात्मक टिप्पणी गर्न छाडेर उनको काममा साथ् दिन उदयले आग्रह गरे कार्यक्रममा चलचित्र क्षेत्रका विभन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here