चलचित्र १२ मासेको ढिक्के फुली बोलको नयाँ गीत सार्बजनिक भएको छ !

0
706

चैत १२ काठमाण्डौ ! बहु प्रतिक्षित नेपाली चलचित्र १२ मासेको ढिक्के फुली बोलको नयाँ गीत सार्बजनिक भएको छ ।आमा पार्वती देबी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा जय किशन बस्नेत र पूजना प्रधानको मुख्य अभिनय देख्न पाइनेछ भने , । अहिलेका निकैनै व्यस्त र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा सागर खरेलको शब्द रहेको छ, आवाज भने कृष्ण पाण्डेको रहेको छ । यस फिल्म फुल ईन्टर टेन मेन्ट कमेडी कथामा आधारीत चलचित्रमा प्रदिप पाठक नक्कली प्रचण्डको अभिनयमा देखिने छन्
शिब बिकको कोरियोग्राफी रहेको यस चलचित्रमा सुशील सैजुको प्रोडक्सन रहेको छ । चलचित्रमा जय किशन बस्नेत पुजना प्रधान लगायत मरिच मान श्रेष्ठ (बल्छी धुर्बे ),पुरण थापा ,सोनीका बास्तोला ,सबनम दाहाल,राधा श्रेष्ठ (राम प्यारी ) र प्रदिप पाठक (नक्कली प्रचण्ड )को पनि अभिनय रहेको छ । र यस चलचित्रमा बासु न्यौपानेको छायांकन ,अनन्त घिमिरेको सम्पादन रहेको छ भने, चलचित्रलाई हास्य पिता लय संग्रौलाको निर्देसन रहेको छ, र चलचित्र जेठ ११ गते बाट देशभर भब्य प्रदर्शन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here