चार दिनमा (टाइगर जिन्दा हे)को कमाइ १५० करोड माथि छ !

0
1257

पुष १२ बुधबार काठमाण्डौ !
अलि अब्बास जफरको निर्देशनमा तयार भएको चलचित्र (टाईगर जिन्दा हे)ले यतिबेला सिनेमा हलमा धमाका मच्च्याईरहेको छ ! चलचित्रले पहिलो चार दिनमा १५० करोड भारुको कमाइ गरेको भारतीय मिडियाले जनाएको छ ! बलिबुड अभिनेता सलमान खान र कैटरिना कैफको अभिनय रहेको चलचित्रले पहिलो दिन ३४ .१० करोडको ओपनिङ गरेको थियो ! त्यस्तै दोस्रो दिन ३५.३० करोड तेस्रो दिन ४५ .५३ र चौथो दिन ३६ .५४ करोडको कमाई गरेको छ ! भारतीय मिडियाले दिएको जानकारी अनुसार चलचित्रको चार दिनमा कुल १५१.४७ करोडको कमाइ गरेको छ ! यो चलचित्र भारत भर ४६०० र भारत बाहिर ११०० हलहरुमा प्रदर्शन भैरहेको छ ! २०१२ मा प्रदर्शन भएको चलचित्र(एक था टाइगर)को सिक्वेलको रुपमा रहेको (टाईगर जिंदा हे) मा सलमान कैटरिना कैफको साथमा अंगद बेदी , परेश रावल ,अनुप्रिया, कुमुद मिश्रा, लगायतका कलाकारको अभिनय रहेको छ ! यशराज फिल्मसको ब्यानरबाट निर्मित चलचित्रले कमाइको साथसाथै समिक्षकबाट पानि राम्रो प्रतिक्रिया पाईरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here