चार लाखको दैनिक च्याउ खान्छन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी !

0
1370

पुष १४ शुक्रबार काठमाण्डौ !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ताईबान बाट आयात हुने सबै भन्दा महँगो च्याउको तरकारी खाने गरेको आरोप लागेको छ ! गुजरात विधानसभाको निर्वाचनका बेला पिछडा वर्गका समुदायका तर्फबाट उम्मेदवारी दिएका अल्पेश ठाकुरले नरेन्द्र मोदीले प्रत्येक दिन भारतीय रुपैंया चार लाखको च्याउको तरकारी खाने गरेको आरोप लगाएका छन् ! नरेन्द्र मोदिका लागि ताईबानबाट मासिक रुपमा भारतीय रुपैंया १ करोड २० लाख बराबरको महँगो च्याउ आयात गर्ने गरेको ठाकुरले बताएका छन् ! उनले भनेका छन् ,नरेन्द्र मोदीले आजकल गुजराती खाना, खान छाडेका छन् ! उनले आजकल च्याउ खान सुरु गरेका छन् ! नरेन्द्र मोदीले भन्ने गरेको , ना खाता हुँ, ना खाने देता हुँ , भन्ने भनाइलाई च्याउको महँगो तरकारी संग जोडेर अल्पेश ठाकुरले भनेका छन् , नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले गुजरातका बाढीपिडितहरुको १५ सय करोड रुपियाँ घोटाला गरेर खाएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here