चितवनका बरिष्ठ चलचित्र पत्रकार रवि अधिकारी सम्मानित |

0
514

चितवन, २८ भदौँ । चितवनका बरिष्ठ चलचित्र पत्रकार रवि अधिकारी सम्मानित भएका छन् । विगत १ दशक देखि मोसफलमा रहेर चलचित्र पत्रकारिताका सक्रिय अधिकारीलाई पूर्वी चितवनको खैरहनी पर्सामा रहको ग्रट एफएमले तीजको अवसरमा पारेर सम्मानित गरेको हो ।

चर्चीत नायिका रेखा थापाले र एफएमका अध्यक्षले संयुक्त रुपमा सम्मानपत्र र ढोसल्ला ओढाई सम्मानित गरेका थिए ।
नेपाली चलचित्रको विकास र प्रर्वद्धनमा मोफसमा रहेर पनि उत्कृष्ट कार्यमा निरन्तर रुपमा अधिकारीको सक्रियातालाई थप हौसला प्रदान गर्न आफुहरुले सम्मानित गरेको एफएमका प्रबन्ध निर्देशक अनिल कुवँरले जानकारी दिए ।

आधिकारी चितवनमा नमस्ते फिल्मी नामक डिजिटल पत्रिकाका प्रधानसम्पादक र नमस्ते टिभिका फिल्मी कार्यक्रम प्रस्तोता हुन् । भने उनले केहि समय अगाडी मात्रै आफनै लगानी पन्चायत नामक फिल्म पनि निर्माण गरेका थिए ।
उनी चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here