चितवनका २४ बर्षे सुदीप सापकोटा बेपत्ता परिवार शोकमा

0
705

कार्तिक २८ काठमाण्डौ | चितवनको भरतपुरबाट एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पुर्वी चितवनको कालिका नगरपालिका ६ बाग्लुङ्गे टोल निवासी २४ बर्षे सुदीप सापकोटा रहेका छन् ।नारायणगढबाट किनमेल गरेर घर फर्कदै गर्दा आफ्नु छोरा भरतपुरबाट बेपत्ता भएको बुबा गंगा सापकोटाले बताएका छन् ।

मंसिरमा ४मा अष्ट्रेलियाको फ्लाइट रहेका उनी मंगलबार काठमाडौंं जाने तयारीमा थिए । बेपत्ता भएका आफ्नु छोराको मोबाईल ५ बजेर १८ मिनेट देखी बन्द रहेको बताइएको छ ।
। जिल्लामा रहेको सबै मातहतका प्रहरीलाई उनको तस्वीर नै पठाइ खोजी कार्यलाई कडाइ बनाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here