चितवनमा बसलाई ठक्कर दिँदा २४ जना घाइते,

0
729

काठमाडौँ -चितवनमा आँपटारी जंगल नजिक ट्रिपरले यात्रुबाहक बसलाई ठक्कर दिएर स पल्टिँदा २४ जना घाइते भएका छन् ।घाइते मध्य दुई जनाको अबस्था चिन्ताजनक रहेको बताइएको छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले ठक्कर दिएपछि २४ जना घाइते भएका हुन् ।

गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ ।ट्रिपर चालक फरार रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here