पौष २० शुक्रबार कामान्डौठ ! राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले आम निर्वाचनमा पार्टिले भोगेको नराम्रो पराजयको बारेमा जवाफ दिने भएका छन ! चुनावी समिक्षा गर्न बसेको केन्द्रिय कार्य समितिको बैठकमा पार्टि पराजयको कारण नेपाली कांग्रेस संज भएको तालमेललाई र पार्टिलाई एकताबद्ध बनाएर लैजान नसक्नु प्रमुख कारण भएको बताएका छन ! पार्टि बिभाजन तथा आन्तरिक कलहका करणले पनी जनताले पार्टि प्रति बिश्वास कम गरेको र बिभिन्न शिरामा विभाजित राप्रपामा मत बांडिएको , पछील्लो पटक पार्टि सरकारमा सहभागी हुनुका कारण पनी पराजय भोग्नु परेको समिक्षा गरिएको छ ! शबै नेताले धारणा राखेपछी पार्टि अध्यक्ष कमल थापाले आज जवाफ दिने कार्यक्रम तय गरिएको छ ! पार्टि प्रबक्ता भुवन पाठकले बैठकमा बोल्नु भएका नेताले प्रतिनिधि सभा चुनाव देशका एक सय पैंसठ्ठी स्थान मध्ये पांच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टिले न्यूनतम मतसिमा प्राप्त गर्न नसकेको विचार ब्यक्त गरेका थिए!