चोरीको आरोपमा मुछिएका ‘कृ’का निर्माता सुवास गिरीले शम्भु प्रधानलाई ११ लाख तिरे !

0
622

चैत १५ काठमाण्डौ सम्झना फिल्मको ‘उकालीमा अघि-अघि’ बोलको गीत ‘कृ” फिल्ममा चोरिएको भन्दै उत्पन्न विवाद । शम्भु प्रधानलाई ११ लाख क्षतिपूर्ति दिएपछि कृका निर्माता सुवास गिरी हिरासतमुक्त भई बिबाद टुंगिएको छ ! शम्भुले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार पक्राउ गरेको थियो । उनले हिरासतमै रात काटे । बुधबार दुवै पक्षबीच लामो छलफल र खिचातानी भयो ।महानगरीय प्रहरी परिसरमा थुप्रै फिल्मकर्मीहरु पुगेका थिए । उनीहरुले शम्भुलाई लचिलो बन्न आग्रह गरे पनि शम्भु डग्मगाएनन् । उनले शुरुमा ११ लाख क्षतिपूर्ति पाउनुपर्ने र फिल्म तथा यूट्यूबबाट आफ्नो गीत हटाउनुपर्ने माग राखेका थिए ।
प्रधानका माग पूरा गर्न गिरी सहमत भएका छन् । अब यूट्यूवमा राखिएको कृको गीतमा ‘उकालीमा’ गीतको अंश हटाइने छ । फिल्मबाट पनि हटाइने छ । तर, विदेशमा प्रदर्शन गर्दा भने यो अंश नहटाउन आफूले सहमति दिएको शम्भूले अनलाइनखबरलाई बताए ।
‘विदेशमा प्रदर्शन गर्दा चाहिँ छुट दिनुपर्‍यो भनेर मसँग हातै जोडेपछि मैले पनि सहमति दिएँ,’ उनले भने ।भुवन कसरी उम्किए ?कृ फिल्मको प्रचार सामग्रीहरुमा निर्माताको रुपमा सुवास गिरी र भुवन केसीको नाम छ । तर, भुवन केसी भने यो लफडाबाट अलग रहन सफल भए ।खासमा चलचित्र विकास बोर्डलाई प्रहरीले कृ फिल्मका निर्माताहरु कोको हुन् भनेर सोधेको थियो । त्यसको जवाफमा बोर्डले निर्माताको रुपमा सुवास गिरीको मात्र नाम दर्ता रहेको जानकारी गराएको थियो । त्यसैले यो प्रकरणमा गिरी मात्र मुछिए र उनले व्यक्तिगतरुपमा क्षतिपूर्ति तिर्नुपर्‍यो ।
यदि यो विवाद अदालतमा पुगेको भए चाहिँ भुवन केसी पनि तानिने थिए ।
आज टेकुस्थित प्रहरी कार्यालयमा भुवन केसी पनि पुगेका थिए । उनले शम्भूलाई उनले माग गरेको क्षतिपूर्ति रकम धेरै भयो भन्दै घटाउन आग्रह गरे । तर, शम्भूले सुनेनन् ।यदि मलाई तिमीहरुले सुरुदेखि नै कोअपरेट गरेको भए म एक रुपैयाँ मात्र लिएर पनि मान्थेँ, तर तिमीहरुले मलाई एक महनासम्म दुख दियौ । त्यसैले अब पछि हटि्दनँ ।’ उनले जवाफ दिए । प्रहरीले बोलाउँदा समयमा उपस्थित नभएको र आफूलाई थाहा नदिइ विदेश गएको शम्भुको भनाई थियो ।शम्भूले आफूले चालेको कदम सिंगो चलचित्र क्षेत्रका लागि पाठ भएको बताए ।स्रोत (अनलाइन खबर बाट) अब कुनै पनि गीत चोर्नुअघि संगीतकारले सय पल्ट सोच्नेछ,’ उनले भने ।अल्मोडालाई उन्मुक्तिकृका संगीतकार अल्मोडाले भने यो प्रकरणबाट पुरै उन्मुक्ति पाएका छन् । शम्भुले निर्माता विरुद्ध मात्र उजुरी गरेका थिए । प्रहरीले पनि उनलाई बोलाउने आवश्यकता सम्झिएन ।
अल्मोडा यसअघि पनि पटकपटक गीत चोरीको आरोपमा मुछिदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here