छक्का पन्जाको असर;माग्ने र मुन्द्रे महंगिए ,प्रियंकाको स्टारडम जस्ताको तस्तै !

0
1396

माघ ८ सोमबार काठमाण्डौ !
चलचित्र ६ एकान ६ मा काम गर्दा हाँस्य कलाकारहरु दिपक राज गिरी र दिपाश्री निरौला जितु नेपाल ,केदार घिमिरे ,लगायतलाई चलचित्रको पर्दामा चलिनछ कि, चालिंदैन भन्ने थाहानै थिएन ! हाँस्य कलाकार सिरियलमा एउटा क्रेज बनाएका उनीहरु ठुलो पर्दामा दर्शकले रुचाउछनकि रुचाउँदैनन् भन्ने दोशांधमा थिए !तर छक्का पन्जा २ ले रिलिज सम्म आइपुग्दा उनीहरुको पिर मात्र हटेको छैन ,नेपालकै महंगा कलाकार निर्माता निर्देशक समेत बनि सकेका छन् !दिपाश्री नेपालकै सबै भन्दा धेरै पैसा कमाउने चलचित्रकी निर्देशक बनिसकेकी छिन् ! दिपकराज गिरी चलचित्र लेखन अभिनय निर्माणमा सफल ठहरिएका छन् ! छक्का पन्जाकै ब्रान्डले हाँस्य सिरियलमा माग्ने बुढाको नामले परिचित (केदार घिमिरे) धनाढ्य कलाकार भैसकेका छन् !अर्कोतिर मुन्द्रे नामले परिचित जितु नेपाल महँगो पारिश्रमिक लिने कलाकार भैसकेका छन् ! नायिका पुजा शर्मा र सुदर्शन थापाले निर्माण गर्न लागेको चलचित्रका लागी केदार घिमिरेले ९ लाख पारिश्रमिक लिएर अनुवन्धित भएका छन् भने, जितु नेपालले ७ लाख पारिश्रमिक लिएका छन् ! जितु र केदारलाई यति महँगो कलाकार छक्का पन्जाकै ब्रान्डले बनाएको हो ! यता नायिका प्रियंका कार्की अन्य ब्यानरका चलचित्रमा निरन्तर असफल भएपनि छक्का पन्जामा निरन्तर काम गरिरहेकाले चर्चामा छिन् ! प्रियंका कार्कीको स्टारडम घटेको छैन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here