‘छक्का पन्जा ३’ ले नेपाली चलचित्रको इतिहासमै सर्वाधिक रकम कलेक्शन गर्ने चलचित्र बन्यो |

0
468

कार्तिक १३ काठमाण्डौ | दशैंको घटस्थापनाबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्र बनेको छ । यसअगाडि चलचित्र ‘छक्का पन्जा’ले बनाएको १६ करोडको ग्रस कलेक्शनलाई यो चलचित्रले रिलिजको १७ औ दिनमा तोडेको हो ।

चलचित्रका निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले यो कुराको पुष्टी गरेका छन् । दिपक र दीपाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्-‘छक्का पन्जा’ले १२८ दिनमा प्राप्त गरेको सफलता ‘छक्का पन्जा ३’ले १७ दिनमा नै उक्त उपलब्धी हासिल गरेको छ । वधाई सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई ।’ दिपक र दीपाले रकम भने उल्लेख गरेका छैनन् । source onlinekhabar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here