जनआकाश मिडिया प्रा.लिले ११ औँ वार्षिकोत्सवका अवसरमा चलचित्र निर्देशक माधव राज खरेल’लाई सम्मानित गर्यो |

0
1151

भाद्र ३ काठमाण्डौ | जनआकाश मिडिया प्रा.लिले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा चलचित्र निर्देशक माधव राज खरेल सहित १५ जनालाई सम्मान गरेको छ । नेपालमै पहिलो पटक मौन चलचित्र निर्देशन तथा लेखन गरेर नेपाली चलचित्र जगतमा ठुलो योगदान पुर्याएको भन्दै निर्देशक खरेललाई जनआकाश मिडिया चलचित्रकर्मी सम्मान अर्पण गरिएको छ ।

अन्य सम्मानित हुने व्यक्तित्वहरु प्रा.डा सुरेन्द्र के.सी,कामीनी राज भण्डारी, अशोक शेरचन,रंगदान तामाङ्, उन्नती बोहोरा,हरिशरण के.सी, गायक प्रकाश कटुवाल,नायक सुसान्त कार्की,कृष्ण बस्नेत, लगायत विभिन्न तह र तप्कामा ख्याति कमाएका व्यक्तित्वहरु रहेका छन् ।प्रमुख अतिथि नेकपा मालेका महासचिव तथा पुर्व उपप्रधान मन्त्री सिपी मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान समारोहमा राष्ट्रिय सुचना आयोगका प्रवक्ता कृष्ण हरि बास्कोटा लगायत उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै पुर्व उप प्रधान मन्त्री मैनालीले विभिन्न आरोह अवरोहहरु पार गर्दै जनआकाशले एक दशक पार गरिसकेको र आगामि दिनहरुमा पनि निरन्तरताको कामना गरे । त्यस्तै राष्ट्रिय सुचना आयोगका प्रबक्ता बास्कोटाले नेपालको सम्वीधानमा सुचानाको हक उल्लेख गरेको एक दशक भईसक्दा पनि अझै समाजमा सुचनाको प्रभावकारी कार्यान्व्यन नभईसकेको सबै तह र तप्कामा नेपाली जनता सुचनाबारे जानकार नभईसकेकोले यसको प्रभावकारी कार्यान्वयन गर्न सञ्चार माध्यमले ठुलो भुमिका खेल्न सक्ने भन्दै जन आकाशले आफ्नो पत्रकारीताको दायित्व पुरा गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा उपस्थित बक्ताहरुले जनआकाश मिडिया निरन्तर देश र समाजको लागि शसक्त भएर लागिरहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।कमला जोशी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here