जनकपुरमा आज बम बिस्फोट।

0
946

चैत २२ काठमाण्डौ । जनकपुरमा आज बम विस्फोट हुँदा एक बृद्धा घाइते भएकी छन् । जनकपुर उपमहानगरपालिका– ९ भिमान चोकबाट ३ सय मिटर दक्षिण तिथीमाया तामाङको बारीमा बम विस्फोट भएको हो ।बिहीबार बिहान ७ बजे बारीमा तरकारी टिप्न गएकी ७० वर्षीया तिथीमायाले रुखमा झुण्डाइएको प्लास्टिक झोला समात्दा विस्फोट भएको उद्धारमा खटिएका नेपाली सेनाका ईश्वर हमालले जानकारी दिएका छन् । विस्फोटनमा तिथीमाया घाइते भएकी छन् । उनको दाहिने छाती, दाँया हात र औलीमा चोट लागेको छ । तिथीमायाको जनकपुर अस्पतालमा उपचार भइरहेको छ , बम बिस्फोट बारीमा हुँदा खासै क्षति भने,नभएको जानकारी प्राप्त भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here