फागुन १४ आइतबार काठमाण्डौ ! जबर्जस्ति करणी र बैदेशिक रोजगारीका नाममा ठगि गरेर भागेका तिनजना युवक पक्राउ परेका छन् ! पक्राउ पर्नेहरु दमक २ घर भएका ३२ बर्षीय क्षितिज राइ ,त्यहि ठाउँका तुलसी श्रेष्ठ ,हल्दिबारिका ३३ बर्षका जगदीश न्यौपाने रहेका छन् ! जिल्ला प्रहरी कार्यालय झापाले फरार तिन अभियुक्तलाई पक्राउ गरेको हो ! जिल्ला अदालत झापाले राइ र श्रेष्ठलाइ जबर्जस्ति करणी गरकोमा २०६५ साल असारमा १२ बर्ष कैद सजाय तोकेको थियो र नेउपाने बैदेशिक रोजगारका नाममा रु एक लाख ७५ हजार जरिवा र एक बर्ष २ महिना कैद सजाय तोकेको थियो ! जिल्ला प्रहरीले आइतबार उनीहरुलाई जिल्लाको बिभिउन्न ठाउँबाट पक्राउ गरेको छ ! उनीहरुलाई जिल्ल्ला अदालतमा पेश गरेर कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्र बस्नेतले जानकारी दिनु भयो !