जवरजस्ती करणी गरेको अभियोगमा बिकाश परियारलाई प्रहरीले पक्राउ गर्यो |

0
528

साउन २९ काठमाण्डौ | जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१२ बस्ने २६ वर्षीय बिकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियार समेतका ३ जनाले सोमबार सोही नगरपालिका-२ मोथिहायी बस्ने १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्क बाट ललाई फकाई स.१ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका-१० स्थित हडिया जंगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

फरार रहेका अन्य २ जनाको प्रहरीले खोजतलास गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राई ले बताए। स्रोत शिखर news |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here