चैत ९ काठमाण्डौ यतिबेला नेपाली सिनेजगतकी सुपरिचित नायिका रेखा थापा जाजरकोटमा रमाइरहेकी छिन् । नायिका थापा किन र के खोज्दै जाजरकोट पुगिन् ? यौ कौतुहलताको विषय बनेको छ । यस्तै, उनी केही दिनअघि मात्रै इलामतिर झुल्किएकी थिइन् । यो पनि त्यस्तै कौतुहलताको विषय बनेको थियो । बास्तवमा नायिका रेखा थापा किन र क गर्न जाजरकोट लगायत अन्य ठाउँमा गएकी छिन् ! त्यो ब हने प्रष्ट हुन सकेको छैन !
वास्तवमा नायिका रेखा थापा सशक्त अभिनय गर्नसक्ने एक बालिकाको खोजीमा भौंतारिँदै जाजरकोटसम्म पुगेकी हुन् भन्ने कुरा को यतिबेला विभिन्न मिडियामा आइरहेको छ । रेखाले आफ्नो आगामी चलचित्रको रुपमा यसअघि नै “लालमस्तिष्क” बनाउने घोषणा गरिसकेकी छन् । “लालमस्तिष्क” बालविवाहविरुद्ध सन्देश दिने खालको हुने र त्यसैको लागि धेरै बालविवाह हुने जिल्ला मानिएको जाजरकोटमा पात्र खोज्न त्यहाँ पुगेको रेखाले बताइन् ।जीवन रुपान्तरणका प्रशिक्षक नरवहादुर कार्कीको अवधारणामा बालबिवाहका विरुद्ध सशक्त अभियानको पूरकका रुपमा “लालमस्तिष्क” निर्माण हुन थालेको छ । उक्त फिल्मका लागि उपयुक्त पात्रको खोजीमा बालविवाहले बढी प्रभावित जाजरकोट पुगेको थापाले बताइन् ।रेखा फिल्मस्को व्यानरमा निर्माण उक्त चलचित्रमा यथार्थ जीवनमा बालबिवाहको पीडा भोगिरहेकै वस्तीहरुमा यसको असली पात्र भेटिने रेखाको आशा छ । बालविवाहले पीडाक्रान्त भूमिमै चलचित्रको छायाङ्कन गर्ने सोच पनि उनले बनाएकी छन् । छोरीहरुको स्वर्णिम भविष्य निर्माणका लागि चलचित्रले योगदान दिने रेखाको विश्वास छ । वास्तविक रेखा थापाको कतिपय फिल्म नारी प्रधान र यस्तै सामाजिक बिषय बस्तुमा आधारित हुने गर्दछ !