जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा कोहि पनि जान नपाउने

0
51

जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् । जापान फाउन्डेसले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागि थिए । ती मध्ये भाषा परीक्षामा मात्र एक जना उत्तीर्ण भएका छन् । नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप उत्तीर्ण हुनुपर्छ ।

अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउन्डेसनले परीक्षा लिएको थियो । कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो प्रष्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ ।

जापानले मन्त्रालयलाई उपलब्ध गराएको प्रारम्भिर सूचना अनुसार भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए । यसबाट परीक्षाका लागि लक्की ड्रबाट एक हजार जना छानिएका थिए ।

यसबाट पनि सामान्य परीक्षाका लागि भने ५ हजार ९ जना छानिएका थिए । यसमा ५६ जना उत्तीर्ण भए । त्यसको पहिलो लटमा नर्सिङ केयर गिभरको सीप परीक्षणमा १५ जना र नर्सिङ भाषा परीक्षामा १२ जना सहभागि थिए । कान्तिपुर दैनिकबाट

मलेसियामा हजारौ नेपाली कामदारको माग

मलेशियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महीनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ ।
दूतावासले गत असोज तेस्रो सातादेखि यही मंसिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो ।

नेपाल र मलेशिया सरकारबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिश गरिएको दूतावासले बताएको छ ।

औद्योगिक क्षेत्रका १७ हजार ११६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार १८३, कृषि क्षेत्र १ हजार ४७५, ‘प्लान्टेसन’ १ हजार ३९७ र निर्माण क्षेत्रमा माग भएका १ हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको दूतावासले बताएको छ ।

मागपत्रको प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको दूतावासद्वारा मंगलवार जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here