जापानमा नेपाली फिल्म‘लिलिबिली’को भव्य प्रिमियर सम्पन्न भएको छ।

0
2018

‘चैत ३० गतेबाट नेपालभर रिलिज हुने फिल्म‘लिलिबिली’को जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न भब्य प्रिमियरमा शो सम्पन्न भएको छ,गोबिन्द शाही निर्माता रहेको फिल्म लिलिबिलिमा अभिनेता प्रदीप खड्का,अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको छ,। प्रिमियरमा फिल्म हेरी सके पछाडी दर्शकले राम्रो प्रतिक्रिया दिएको आयोजक डेस्टिनी क्रियसन जापानले जानकारी दिएको छ !उक्त प्रिमियर शोमा निर्माता गोबिन्द शाही पनि उपस्थित थिए ! यस फिल्मलाइ मिलन चाम्सले निर्देशन गरेका हुन् भने ,यस फिल्ममा प्रदिप खड्का अलावा प्रियंका कार्की , अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ ।प्रदर्शन मिति नजिकिदै गर्दा फिल्म टिमले प्रचारप्रसार ब्यापक गरीरहेको छ। प्रिमियर शोमा उपस्थित दर्शकले नेपाली फिल्म यतिको राम्रो बन्नु खुसीको कुरा रहेको दर्शक तथा डेस्टिनीले बतायो । लिलिबिली’को दर्शक प्रतिक्रिया र उपस्थित संख्याले उत्साहित भएको आयोजकले आगामी दिनमा पनि नेपाली फिल्मको शो गर्दै जाने लक्ष्य रहेको जानकारी दिंदै ।उता निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको भन्दै खुसि व्यक्त गरे । ‘सबैले राम्रो फिल्म हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो ।’ शाहीले भने । ‘हामी कसैको आशालाई निराशामा परिणत हुन् दिने छैनौँ । हामीले मिहिनेत गरेर राम्रो फिल्म बनाएको थियौं । जसको नतिजा एकदमै सुखद मिलेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here