जेरुसेलम विवादमा एक्लिए ट्रंप,आर्थिक सहयोग रोक्ने धम्कि !

0
1201

पुष ६ बिहिबार काठमाण्डौ !
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रंपले संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई ईजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् ! अन्तर्राष्ट्रिय आलोचनालाई वेवास्ता गर्दै ट्रंपले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए ! तर , राष्ट्रसंघमा त्यस बिरुद्ध प्रस्ताव आएको छ ! अमेरिका एक्लिने अवस्था आएपछि मतदान हुनुपुर्व व्हाइट हाउसमा पत्रकार सम्मेलन गरेर अमेरिकी राष्ट्रपति ट्रंपले भनेका छन् ! उनीहरु सँधै अर्बौं डलरको सहयोग लिनछन् ,र हाम्राविरुद्ध मतदान पनि गर्छन ! अघि भने उनीहरुलाई भोट गर्न दिउं,हाम्रो लाखौँ डलर बच्छ , राष्ट्रसंघमा पेश भएको प्रस्ताव अमेरिकाको नाम उल्लेख छैन, तर जेरुसेलाम्बारे लिएको निर्णय रद्द हुनुपर्ने माग गरिएको छ ! जेरुसेलम शहरलाई लिएर इजरायल र प्यालेस टाईन बीच विवाद छ ! एक पबित्र शहर मानिने जेरुसेलममाथि दुवै देशको दाबि छ ! ईजरायलले यसलाई आफ्नो राजधानी मानेको छ , भने अमेरिका बाहेकका विस्वका कुनैपनि देशले जेरुसेलमलाई इजरायललाई राजधानीको रुपमा मान्यता दिएका छैनन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here