ज्वालामुखी विस्फोटन’को अझै खतरा:आसपास कुनै पनि उडान नगर्न, सरकारको आदेश |

0
535
A damaged vehicle is seen amid wreckage from buildings along Carita beach on December 23, 2018, after the area was hit by a tsunami on December 22 following an eruption of the Anak Krakatoa volcano. - A tsunami following a volcanic eruption killed 62 people and injured hundreds more as it slammed without warning into tourist beaches and coastal areas around Indonesia's Sunda Strait on the night of December 22, sending panicked holidaymakers and residents fleeing. (Photo by Semi / AFP)

पुष १७ काठमाण्डौ | इन्डोनेसियामा ज्वालामुखी विस्फोटबाट निस्केको मुस्लोका कारण प्रभावित क्षेत्र आसपास कुनै पनि उडान नगर्न सचेत गराइएको छ । साथै यहाँ फेरि ज्वालामुखी विस्फोट हुनसक्ने भन्दै सचेत गराइएको छ ।

जाभा र सुमात्रा क्षेत्रको बीचमा पर्ने अनक क्रकताउ ज्वालामुखीबाट निस्केको मुस्लो अझै फैलिएपछि अधिकारीहरुले त्यस क्षेत्रमा उडान प्रतिबन्ध लगाएका हुन् ।

यसअघि बन्देज लगाइएको क्षेत्रमा थप खतरायुक्त क्षेत्र घोषित गर्दै बिहीबार सचेत गराइएको हो । पूर्वघोषित क्षेत्रभन्दा ५ किलोमिटर थप क्षेत्रमा खतरायुक्त भन्दै सरकारले घोषणा गरेको छ ।

ज्वालामुखी विस्फोटबाट सुनामी आउनसक्ने भन्दै समुद्री तट क्षेत्रमा समेत अझै नजान सरकारले आग्रह गरेको छ । इन्डोनेसियामा यही साता ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या ४ सय ३० पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

१ सय ५९ जना हराइरहेका छन् भने २० हजार संख्याको हाराहारीमा विस्थापित भएका छन् । यस्तै १५ सय मानिस घाइते भएका छन् । स्रोत annapurnaposht .com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here