काठमाडौँ | मंसिर १ आलु फिल्म प्रोडक्सन को ब्यानर मा नेपाली कथानक चलचित्र झ्यानाकुटी मङ्सिर १ गते बाट नेपाल अधिराज्य भरका हलहरुमा एकल प्रदर्शन भैरहेको छ! चर्चित नायिका निशा अधिकारी को निर्माण गरेको चलचित्र झ्यानाकुटीको व्यापार ब्यबशाय भने, पहिलो दिनको पहिलो शो बाट नै सफलता पुर्बक व्यापार गरेको हल ब्यबशायीहरु बताउंछन् ! चलचित्र को कथालाई प्रदिप भारद्वाजले लेखेका हुन् ! यस फिल्ममा संगीत भने चर्चित संगीतकार बिकाश चौधरीको रहेको छ ! यस फिल्मका मुख्य पात्रहरु सौगात मल्ल ,र बेनिषा हमाल रहेका छन् र यस फिल्मलाइ छायांकन गर्ने काम भने हरि हुमागाईंले गरेका हुन् ! यस फिल्ममा सौगात मल्ल र बेनिषा हमाल को रमाइलो अभिनय हेर्न पाइन्छ ! फिल्म झ्यानाकुटी हेरेर फिल्म पैसा वसुल भएको दर्शक हरु बताउंछन् !