टिप्परको ठक्करवाट छोरीको मृत्यु, बाबु गम्भीर घाइते

0
172

टिप्परकाे ठक्करबाट साईकलमा सवार एक युवतीकाे ज्यान गएकाे छ । त्यसैगरी साेहि घटनामा अन्य एकजना गम्भीर घाइते भएका छन।

दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिप्परले साईकल यात्रुलाई ठक्कर दिदा छोरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटनाका मृतक र गम्भीर घाइते बाबु छाेरी हुन । प्रहरीका अनुसार मृतक दाङको गढवा गाउँपालिका वडा नं. १ जुराउनी निवासी २४ बर्षीया छोरी जमुना कुमाल हुन ।

उनका बाबु ५७ बर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते अवस्थामा लमहिमा उपचार भई रहेको छ ।

घाइते जमुनाको उपचारका लागि लमही तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भयाे अर्का घाइतेको लमहिमा उपचार भई रहेको छ ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरिक्षक नन्द पोखरेलले भने ।

प्रहरीका अनुसार दिउँसो करिव पौने १ बजेतिर पूर्व तर्फ जाँदै गरेको रा १ ख २०२१ नम्वरको टिप्परले साईकलमा पश्चिम भालुवाङ तर्फ जांदै गरेका बाबु छोरीलाई ठक्कर दिएको थियो।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तरगत भालुवाङ बजारदेखि एक किलोमिटर जति पूर्व अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. ८ मा भएको ट्राफिक प्रहरी पोखरेलले बताए । घटनावारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here