टिभी रियालिटी शो रोडिज २ हुने : बिजेताले रु २० लाख र यामाहा बाईक पाउने ।

0
763

चैत २६ काठमाण्डौ । अन्तराष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो रोड़ीज को दोश्रो संस्करण हुने भएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  आयोजक टिमले शो हुने बताएको हो। गएको बर्ष  अत्यधिक  रुचाईएको रोड़ीज ‘राईजिन टु हेल’को आपर सफलता पछि उक्त शोलाई निरन्तरता दिदै आयोजक टिमले दोश्रो संस्करण ल्याउने बताएको हो । हिमालय रोड़ीजको यो पालिको थिम भने ‘वाईल्ड वाईल्ड वेस्ट’ रहेको छ। गत बर्ष जस्तै यो बर्ष पनि रोड़ीजमा ३ जना निर्णायक आशिष राणा ‘लाउरे’, रेमन दास श्रेष्ठ र दिया मास्के नै रहनेछन। त्यसै गरि उद्घोषक भने सोहि सिजनका बिजेताद्वय अनिमेष र समन हुने जानकारी पनि आयोजक टिमले बताएका  छन। हिमालय रोड़ीजको पहिलो संस्करणमा देशभरबाट हजारौ प्रतिष्पर्धीहरु सहभागी भएका थिए, जस मध्ये पहिल्प हिमालय रोड़ीज भने समन श्रेष्ठ भएका थिए त्यस्तै दोश्रो पोखराका अनिमेष शाही घोषित भएका थिए। यहि वैशाख ७ गतेबाट अडिसन सुरु हुन् लागेको रियालिटी शोको अडिसन इटहरी, चितवन, बुटवल, पोखरा र काठमाडौँ लगायतका सहरहरुमा हुनेछ। रोड़ीजमा अडिसन दिनकाका नेपाली नागरिक भई १८ बर्ष पुरा हुनुपर्ने जानकारी आयोजकको छ। इच्छुकले फारम भर्नका लागि www.himalayroadies.com मा लग अन गर्नु पर्नेछ, अथवा रोड़ीजको आधिकारीक फेसबुक पेज facebook.com/HimalayaRoadies मा गएर पनि आवेदन फारम भर्न सक्नेछन। १८ हप्ता सम्म चल्ने उक्त कार्यक्रममा सुरुको ५ हप्ता सम्म अडिसन राउण्ड हुने र बाकी को १३ हप्ता देखि बिभिन्न टाक्स गर्दै भोटिङ सुरु हुनेछ हिमालय रोड़ीजको दोश्रो संस्करणका बिजेताले नगद रु २० लाख र एउटा यमाहा बाईक पुरस्कार पाउनेछन।स्रोत (फिल्मीजुम डटकम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here