टुँडिखेलमा संविधान दिवस सेना र प्रहरीले प्रस्तुत् गरे विभिन्न कलाकौशल

0
1641

काठमाडौं, ३ असोज । नेपालको संविधान घोषणा भएको मंगलबार दुई वर्ष पूरा भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते अर्थात आजकै दिन संविधान जारी भएको थियो ।

संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा मंगलबार काठमाडौंको टुँडिखेलस्थित नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।

संविधानसभा मूल समारोह समितिले आयोजना गरेको सो कार्यक्रममा सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउटबाट विशेष मार्च पाससहित विभिन्न वेशभूषा झल्कने सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।

काठमाडौँ उपत्यकाका महानगरपालिका, नगरपालिका, जिल्ला समन्वय समिति र राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न झाँकी र उसु, तेकान्दो र मुवा फाइट प्रस्तुत गरिएको थियो ।

साथै नेपाली सेनाको सांगीतिक समूहबाट नेपाली राष्ट्रिय गीतको धुन प्रस्तुत गरिएको थियो ।

सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कार्यवहाक प्रधानन्यायाधीश दीपकराज जोशी, विभिन्न राजनीतिक दलका शीर्षनेताहरु, मन्त्रीहरु, सांसद्हरु, संवैधानिक अङ्गका प्रमुख प्रशासनिक क्षेत्र उच्चपदस्त व्यक्ति, सुरक्षा अंगका प्रमुखहरु, कूटनीतिक नियोगका प्रतिनिधि, उद्योगी व्यापारी, प्राध्यापक, खेलाडी, नागरिक समाजलगायतका व्यक्तिहरुको अवसरमा सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here