ट्यांकरको ठक्करबाट विना थापा कलाकारको मृत्यु !

0
1208

काठमाण्डौ पुष १३ बिहिबार !
काठमाण्डौमा बुधबार भएको सवारी दुर्घटनामा २७ बर्षिय कलाकार विना थापाको मृत्यु भएको छ !बुधबार बत्तीसपुतलीमा बा २ ख ८९४ नम्बरको पानि ट्यांकरले बा ५५ प १३ ८७ नम्बरको स्कुटरमा सवार कलाकार थापालाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ! दुर्घटनामा गम्भीर घाइते विनाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ! गुल्मीको मुसिकोट गाउँपालिका २ निवासी विना पछिल्लो समय राजधानीमा अभिनयमा सक्रिय थिइन् ! थियटर म्युजिक भिडियोमा काम गरेकी विनाले रेखा थापाको राम प्यारिमा अभिनय गरेकी थिइन् ! उनले अभिनय गरेको पिंजडा ब्याक अगेन प्रदर्शन हुन बाँकी नै छ ! पिरतीको डोरी , दिन बित्यो लगायत दर्जनौ गीतमा उनले मोद्लिङ गरिसकेकी थिइन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here