कार्तिक २९ काठमाण्डौ | पेप्सीखोला मनोहरा पुलनजिकै एक ट्याक्सी चालक माथि खुकुरी प्रहर भएको छ । खुकुरी प्रहार हुनेमा चालक भरत बहादुर मल्ल रहेका छन्। अज्ञातसमुहले खुकुरी प्रहार गरि घाईते बनाएका हुन।
कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ६ काब्रा घर भएका उनी हाल ललितपुर इमाडोलमा बस्दै आएका थिए। गम्भीर घाइते भएका उनको टाउकोमा १ सय २० ओटा टाँका लगाईएको बताइएको छ।
सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज ‘केएमसी’ मा भर्ना गरिएका उनको शारिरको विभिन्न भागमा गम्भिर चोट पनि लागेको छ। रातीको समयमा ट्याक्सी यात्राका लागि भन्दै मल्ललाई अज्ञात अमूहले एकान्तमा लागे खुकुरी प्रहार गरेको बुझिएको छ ।खुकुरी प्रहार गर्ने समूह पक्राउ हुन सकेको छैन। खोजी भइरहेको बताइएको छ ।