ट्रंपले घोषणा गरे चार खम्बे आप्रवासन नीति, डिभी भिसा, र पारिवारिक स्पोन्सर बन्द गर्ने !

0
967

माघ १७ बुधबार काठमाण्डौ !
अमेरिकी राष्ट्रपति ट्रंपले आप्रवासन नीतिमा सुधार गर्न चार खम्बे नीतिको प्रस्ताव गरेका छन् ! कार्यकाल सम्हालेको एक बर्ष पुरा भएको अबसरमा दिएको पहिलो स्टेट अफ दि युनियन सम्बोधनमा उनले भने चुनावताका गरेका प्रतिबद्धता पुरा गर्न चार खम्बे आप्रवासन नीति ल्याउने बताएका छन् ! लामो समय देखि डिभी भिसाको आलोचना गर्दै आएका ट्रंपले त्यसलाई अन्त्य गर्दै योग्यताका आधारमा भिसा दिने नयाँ नीति ल्याउने घोषणा गरेका छन् ! कुनै दक्षता र क्षमतानै नभई विदेशीलाई चिट्ठाका आधारमा ग्रीनकार्ड दिने प्रणाली सहि नभएको भन्दै उनले अमेरिकालाई आवश्यक दक्षता र शिप भएका मानिलाई ग्रीनकार्ड दिने प्रणाली दिने बताएका छन् ! सुरु देखिनै डिभी प्रणालीको बिरोध गरिरहेका ट्रंपले त्यसको अन्त्य गर्दै क्षमता आधारित ग्रीनकार्ड प्रणाली ल्याउने बताएका हुन् ! यसै गरि ट्रंपले चेन माईग्रेसनलाई अन्त्य गर्ने घोषणा गरेका छन् ! एक जनाले स्पोन्सर गरेर जतिपनि पारिवारिक सदस्यलाई अमेरिका ल्याउन सक्ने प्रणाली सहि नभएको भन्दै उनले अब पति पत्नी र नाबालक बाहेक अरुलाई स्पोन्सर गर्न नमिल्ने गरि नीति बनाउने घोषणा गरेका छन् ! यसैगरी उनले बाल्यकालमै अमेरिका ल्याइएका झन्डै १८ लाख अबैध बिदेशी बालबालिकालाई नागरिकता दिने घोषणा गरेका छन् ! शिक्षा र योग्यता शर्त पुरा गरेका हरुलाई नागरिकता दिन सुरु गरिने उनको घोषणा छ ! डिभी बन्द गरेर अमेरिकी अर्थतन्त्रका लागि चाहिने दक्ष जनशक्ति लैजाने घोषणाबाट दक्ष प्राविधिकहरुलाई लाभ पुग्नेछ ! यसको केहि फाइदा नेपालि प्रबिधि क्षेत्रमा काम गर्ने जनशक्तिले पाउनेछन भने, ठुलो फाइदा चाँही भारतीय सुचना प्रबिधि क्षेत्रका कामदारलाई हुनेछ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here