ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको निधन

0
53

भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको निधन भएको छ । निधन हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आँंपटारीबाट रामनगरतर्फ जाँदै गरेको लु २ ख ६९० नम्बरको ट्रक पछाडि सोही दिशातर्फ जाँदै गरेको ना ४४ प ५०१७ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक रेग्मी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here