ट्रकसँग मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु |

0
589

पुष ९ काठमाण्डौ | कास्की- पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा आज एक जनाको मृत्यु गएको छ । घटनामा अर्र्का एक घाइते भएका छन् । मृत्यु हुनेमा हेम्जा निवासी १८ वर्षीय आशिष कुँवर हुन् । दुर्घटनामा गम्भीर घाइते कुँवरको उपचारार्थ अस्पताल लाँदै गर्दा ज्यान गएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

मोटरसाइकल पछाडि बसेका वर्ष १८ का प्रविण पुनको उपचार भइरहेको प्रहरीको भनाइ थियो । पोखरा–१ सिम्पानीस्थित करुणानिधी माविमा कक्षा १२ मा अध्ययन गर्ने दुवै जना बिहान ६ बजे क्याम्पस जाँदै गर्दा उनीहरु चढेको ग १४ प ८१५१ नं को मोटरसाइकल सडकको छेउमा एक्साभेटर बोकेर रोकी राखेको ना १ क ७१६४ नं को ट्रकसँग ठोक्किएको थियो । दुर्घटना लगत्तै स्थानीयले उनीहरुलाई अस्पताल पुर्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here