ट्रमपको कटाक्ष रद्दीको टोकरीमा फालिएकाहरु डिभी परेर अमेरिका आए !!

0
1183

पुष २ सोमबार काठमाण्डौ !!
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रंपले डिभी परेर अमेरिका आउने आप्रबासीहरु खराब भन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका छन् ! सुरु देखिनै डिभी भिसाप्रति आक्रामक रहँदै आएका डोनाल्टले हालै एफबिआई एकेडमीको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ,तपाइलाई लाग्छ डिभी परेर आएका मानिसहरु तिदेशका उत्तम मानिसहरु हुन् ? होइन , उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डिभी परेर आएका हुन् !
वासिंटन पोष्टमा छापिएको समाचारमा डोनाल्टले भनेका छन् यो कस्तो खालको सिस्टम हो ? उनीहरु चिट्ठा परेर हाम्रो देशमा आउँछन् ! उनीहरुले खराब भन्दा खराब मानिसहरु दिएका छन् ! पछिल्लो समय न्युयोर्कमा आतंकबादी आक्रमणमा संलग्न मानिस डिभी परेर अमेरिकामा भित्रिएका मानिस भएको खुलेको थियो !त्यसयता चिट्ठा पारेर संसारबाट मानिसहरु अमेरिका भित्रयाउने सिस्टम बिरोध गर्दै यसलाई तत्कालै बन्द गर्नुपर्ने बताउंदै आएका छन् ! अमेरिकाले हरेक बर्ष करिब ५० हज्जार आप्रबासिलाई डिभी मार्फत अमेरिका भित्र्याउदै आएको छ ! यसरि डिभी मार्फत अमेरिका पुग्नेको पहिलो नम्बरमा नेपालीहरु रहेका छन् ! सन् २०१२ देखि २०१७ सम्मको अवधिमा १६ हजार ७ सय ५५ नेपालीहरु डिभीमार्फतअमेरिका गएका छन् !२०१७ मा मात्रै ३४ सय बढी नेपालि डिभी मार्फत गएका छन् ! डिभी चिट्ठा कार्यक्रम सुरु भएयता करिब ५५ हज्जार नेपालि अमेरिका पुगेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here