ट्रयाक्टर दुर्घटना हुँदा गाउँका चारको मृत्यु !

0
1384
cn}+rL lnP/ w/fg tkm{ hfFb} u/]sf] 6ØfS6/ wgs'6fsf] e]8]6f/ ahf/df b'3{6gfu|:t . pQm b'3{6gfdf rfnssf] d[To' ePsf lyof] . tl:a/ M e]if/fh s6]n, wgs'6f, /f;;

माघ १० बुधबार काठमाण्डौ ! एउतै दुर्घटनामा गाउँका चारजनाको मृत्यु भएपछि महोत्तरीको रामगोपालपुर गाउँ शोकमा डुबेको छ ! ज १ त ३५१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर ७ सहसौलाका चार जनाको मृत्यु भएको हो ! दुर्घटनामा सहसौलाका ४० बर्षिय सत्येन शाह १८ बर्षिय लालबाबु मण्डल ,४५ बर्षिय सावित्रीदेवी मण्डल ,र मालती देवी दहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक डिएसपी प्रकाश मल्लले जानकारी दिए ! वसन्त पंचामिमा सिन्धुलीको हत्तपत्तेस्थित लंगुर खोला महादेव स्थानमा मेला हेर्न गएकाहरु फर्कदै गर्दा दुर्घटना भएको हो ! मेलाबाट फर्कंदै गरेकाहरुको प्रतिक्षामा रहेका आफ़न्थरुले उनीहरुको मृत्युको खबर सुनेका थिए मृत्युको खबर परिवारजन सम्म आइपुग्दा अहिले सहशौला टोलनै शोकमा डुबेको छ ! ट्रयाक्टरमा अत्याधिक यात्रु सवार रहेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास प्रमुख डिल्ली प्रसाद मैनालीले जानकारी दिए ! दुर्घटनामा करिब ३० जना भन्दा बढी सवार रहेको र दुर्घटनामा परी घाइते भएका मध्ये ८ जनाको उपचार अञ्चल अस्पताल जनकपुरमा भैरहेको जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here