ठुल ठुला उम्मेदवार मात्र हारे : कांग्रेस हार्दैन प्रधानमन्त्रि देउवा !

0
999
Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

माघ १९ शुक्रबार काठमाण्डौ !
प्रधानमन्त्रि तथा नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवार हारेका मात्र हुन् कांग्रेस पार्टीले कहिले नहार्ने बताएका छन् ! कांग्रेस हारेको छैन र कहिल्यै हार्दैन ,सिद्धान्त र आदेश हार्दैन ,पार्टीका उम्मेदवार चाहिं हारेका छन् ! यस सम्बन्धमा छिट्टैनै केन्द्रिय समितिमा छलफल गर्नेछु,उनले भने ! नेपाल पर्यटन व्यवशायी संघको वृहद भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले बरिष्ट नेता राम चन्द्र पौडेल,डाक्टर रामशरण महतप्रति लक्षित गर्दै ठुल ठुला नेताले हारेको तर पार्टीले नहारेको बताए ! उनले सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेको उल्लेख गर्दै त्यहि सिद्धान्त र विचारलाई व्यापक जनता माझ लगेर पार्टीलाई अझ बलियो बनाई भविष्यमा कहिल्यै नहार्ने गरि लैजानु पर्ने बताए ! प्रधानमन्त्रि देउवाले नेपाल विश्व पर्यटनको आकर्षण गन्तब्य भएको समेत बताएका छन् ! उनले सर्वोच्च शिखर सगरमाथा,भगवान गौतम बुद्धको जन्मस्थल तथा भौगोलिक विविधता युक्त नेपाल विश्व पर्यटनका लागि आकर्षण गन्तब्य भएको बताए ! नेपाल विश्वकै रमणीय र सुन्दर देश हो,मैले यति सुन्दर देश कहीं पनि देखेको छैन ! यस्तो सुन्दर देशमा पर्यटकको आकर्षण बढ्ने कुरा स्वाभाविक हो ! प्रधानमन्त्रि देउवाले भने ,पर्यटक नेपाल आउन चाहानछन् र आईरहेका पनि छन् ! तर अझै पर्यटकलाई दिनु पर्ने सुविधा अपुग छ, खर्चालु पर्यटकका लागि राम्रो बास र सुविधा दिन सके अझै पर्यटक बढछन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here