डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरि बम बिस्फोट !!

0
1256

मङ्सिर २२ शुक्रबार काठमाण्डौ <डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरि बम बिस्फोट भएको छ ! शुक्रबार ९:३० बजे तिर जिल्लाको परशुराम नगरपालिका <१२ कैन्पानी भन्ने ठाउँमा बम बिस्फोट गराइएको हो ! बिस्फोटबाट बा १ झ ५५३९ नम्बरको गाडीमा सामान्य क्षति भएको ईलाका प्रहरी कार्यालय जोगबुड़ाले जनाएको छ ! मतपेटिका पनि सुरक्षित रहेको प्रहरीले जनाएको छ ! अहिले सम्म १ सय १७ वटा मतदान केन्द्र मध्ये ७६ मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाम ल्याईएको छ भने ४१ वटा केन्द्रका मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत डा.रमेश प्रसाद रिजालले जानकारी दिए ! सबै मत पेटिका जिल्ला नपुगेका कारण मतगणना अझै ढिलो हुने जनाईएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here