तनहूँमा चार पेस्तोलसहित ३ जना पक्राउ !

0
1283

मङ्सिर १८ सोमबार ! तनहूँको आँबुखैरेनीबाट ४ वटा पेस्तोल र गोलिसहित स्थानीय ३ जना पक्राउ परेका छन् ! पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका ३ का २८ बर्षीय अभियान श्रेष्ठ, ,आँबु खैरेनी गाउँपालिका ४ का २४ बर्षीय विजय गुरुङ ,र सोहि स्थानका २६ बर्षीय जय गुरुङ ,रहेका छन् ! इलाका प्रहरी कार्यालय आँबुखैरेनिलाई प्राप्त बिषेस सुचनाका आधारमा प्रमुख प्रहरी निरिक्षक लोकबहादुर गुरुङ नेत्त्रित्वको टोलि र कृष्णदल गण, ढकालटारबाट प्रमुख सेनानी अशोककुमार कार्की, नेत्रीत्व संयुक्त टोलीले राति १२ बजे देखि निरन्तर निगरानी गरि उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ !
उनीहरुको साथबाट प्रहरीले युएसमा निर्मित ६ राउण्ड गोलि लोड भएको ३ थान पेस्तोल र, ३ थान एक्स्ट्रा म्यागजिन,३९ थान एक्स्ट्रा गोलि,गोलि नभएको खालि अवस्थाको इटालियन पेस्तोल १ थान,म्यागनम हतियारमा लाग्ने गोलि ४८ थान बरामद गरेको छ !
आँबुखैरेनी गाउँ पालिका वडा नं ३ मा रहेको अभियान श्रेष्ठको घरमा, उनीहरुलाई पक्राउ गर्ने तयारि भैरहंदा प्रहरीसंग भिडन्त गर्न तयार पाएपछि, थपसुरक्षाकोबलमा रुपमा शसस्त्र प्रहरी निरिक्षक नेत्रीत्वकोटोलि पुगेको थियो ! पक्राउ परेका सबैलाई प्रहरी कार्यालय आँबुखैरेनीको हिरासत राखेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here