तरकारीवाली’को पहिलो म्युजिक भिडियो दमदार

0
53

तरकारीवालीको रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । भिडियोमा कुसुम र आरएल मोक्तानको अभिनय देख्न सकिन्छ ।

मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् । भिडियोमा प्रेमकथा देखाइएको छ ।

लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, बिकाश चौधरीको संगीत रहेको गीतमा बिकाश चौधरी र चन्दा घिसिङको स्वर छ ।

भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन् । तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन ।

बिक्रम कार्की टिमको छायाँकन रहेको गीत कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here