तरकारी वालीको अभिनय रहेको नेपाली चलचित्र ‘लम्फू’को ट्रेलर रिलिज : भिडियो सहित |

0
652

वैशाख २८ मा रिलिज चलचित्र लम्फु बिहीबार राजधानीमा एक कार्यक्रम बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा नव(नायक कबिर खड्का र नायक सलोन बस्नेतको अभिनयलाइ प्राथमिकतामा राखिएको छ । ट्रेलर हेर्दा नायिका मरिश्का पोखरेलको प्रेममा कबिर देखिएका हुन् कि ? भन्ने भान हुन्छ ।

सलोन फरक भूमिकामा देखिएका छन् ।
अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा तरकारीवालीको नामले चर्चा कमाएकी कुसुम श्रेष्ठ समेत उपस्थित थिईन । चलचित्रमा कुसुमको पनि छोटो भूमिका रहेको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा बोल्दै कुसुमले वैशाख २८ मा चलचित्र पर्दर्शन भए पछि दर्शक हरुले मेरॉ भिनय राम्रो मानेमा र मैले गरेको कामको दर्शकले प्रतिक्रिया राम्रो दिएमा मात्र आफू अभिनयमा अगाडी बढ्ने बताइन् । चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् भने शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मि भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा भूपतिको लेखन रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाइन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकेको कोरियोग्राफी छ भने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here