तिन चेलीको उद्धार भारतबाट !

0
1282

माघ १८ बिहिबार काठमाण्डौ !
एक महिनाकै अवधिमा भारतबाट तिन चेलीको उद्धार गरिएको छ ! बेचबिखन र हिम्सा प्रभावित उद्धार पुनस्थापना तथा सिप सिकाएर आत्म निर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तिन चेलीको उद्धार भएको छ ! उद्धार गरेका तिनै जनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनस्थापना गृहमा राखिएको छ ! पछिल्लो पटक मंगलबार मात्रै एक जना चेलीको उद्धार गरि चितवनमा ल्याइएको छ ! यो आर्थिक बर्ष लागेपछि साउनदेखि अहिले सम्म पांच चेलीको उद्धार भएको केआइ नेपाल चितवनका संयोजक केमीका घिमिरेले जानकारी दिईन ! एक जनाको आफ्नै श्रीमानलेनै भारत पुर्याएको अवस्थामा उद्धार गरिएको छ भने, अर्की एक जनाको दलाल मार्फत बेचिन लागेका बेला उद्धार गरिएको हो ! एक जना किशोरीलाई भारत हुँदै दुबई लागेको र दुबईमा मेडिकल परिक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामा रहेर सम्पर्कमा आउन सफल भएपछि उनको उद्धार गरिएको बताइएको छ ! अहिले उद्धार गरिएका तिनै जनालाई भरतपुरमा मनोबिमर्श सेवासंगै सिप सिकाउन थालिएको छ ! अर्को एक जनालाई आफन्त मार्फत भारत पुगेका बेला उद्धार गरिएको छ ! मंगलबार मात्रै चितवन आइपुगेकी उनको बिषयमा आवश्यक अनुसन्धान भईरहेको केआइ नेपालले जनाएको छ ! उनीहरुलाई भारतमा रहेको दुतावास र भारतको महिला आयोगको सहयोगमा केआई नेपालका प्रतिनिधि मार्फत उद्धार गरेर नेपाल ल्याइएको हो ! विभिन्न समयमा उद्धार गरिएका २१ जना अहिले भरतपुरको पुनस्थापना गृहमा राखिएको र १९ जनाले सिपसिकिरहेका लेखा सहायक पुर्णिमा श्रेष्ठ बताउँछिन्! दुई जना भने पढ्दै छन् ! गएको एक बर्षमा केआई नेपालले हिम्सा बेचबिखन प्रभावितलाई उद्धार गरि ४७ जनालाई परिवारमा जीमा लगाएको छ! जसमा ३५ जनाले सिप सिकेर व्यवसाय गर्न थालेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here