तिन लाख घुस सहित अख्तियारको फन्दामा असई !

0
1309

माघ ९ मंगलबार काठमाण्डौ !
जनतालाई सुरक्षा दिने काम प्रहरीको हो ! सुरक्षाको जिम्मा लिने प्रहरिनै अपराधिक कार्यमा संलग्न भएपछि त्यस्ताबाट सुरक्षाको आश गर्नु बेकार हुन्छ ! त्यस्तै भएको छ अहिले ! अख्तियारले सोमबार बर्गेनिं गर्दागर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असई तिन लाख घुस सहित पक्राउ परेका छन् ! कन्ट्रोल शाखामा कार्यरत असई रमेश खड्का लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बालाजु बाइपासमा पक्राउ गरेको छ ! एक व्यक्तिको लेनदेनको कागज आफुसंग राखेर उनले बार्गेनिं गर्दै आएका थिए ! पैसा लिन भनेर बाइपासको एक होटलमा पुगेकाबेला उनलाई आयोगको टोलीले पक्राउ गरेको हो !असई खड्काले दुख दिएपछि पीडितले अख्तियारलाई खबर गरेका थिए !अख्तियारले असईलाइ पक्राउ गरि आवश्यक छानविन गरिरहेको जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here