‘तिम्ले बाटो फे–यौ अरे–२’ यु– ट्युबमा १६ नम्बर ट्रेण्डिङमा हेरौं भिडियो |

0
647

मङ्सिर २५ काठमाण्डौ | काठमाडौं– गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फे–यौ अरे–२’लाई यु–ट्युबका दर्शकले अत्याधिक मन पराएका छन् । यो गीतको भिडियो यु–ट्युबमा अपलोड गरिएको २४ घण्टामै साढे तीन लाख बढीले हेरिसकेका छन् ।

यो समाचार बनाइरहँदा यो भिडियो यु–ट्युबमा १६ नम्बर ट्रेण्डिङमा छ । यो गीत गीतकार दर्पणको अघिल्लो चर्चित गीत ‘तिम्ले बाटो फे¥यौ अरे’को सिक्वेल हो । जुन गीतलाई भिडियो नै विना अडियोमात्र करिब तीन करोडले यु–ट्युबमा सुनेका थिए ।

उक्त गीतको चर्चासँगै विभिन्न भर्सनमा गाइएको ‘तिम्ले बाटो फे¥यौ अरे’को यो पछिल्लो गीतलाई अहिले चर्चित गायिका मेलिना राईले गाएकी हुन् । आफ्नो गीत ट्रेण्डिङमा परेपछि गीत दर्पण र गायिका मेलिना दंग परेका छन् ।

यस गीतको संगीत प्रथम नेपाल आइडल समेत रहेका गायक विक्रम राईले संगीत गरेका हुन् । फरक शैलीमा निर्माण गरिएको यस गीतको भिडियोमा गीतकार दर्पण र गायिका मेलिना नै मोडलका रुपमा फिर्चड छन् ।

यस गीतको भिडियोलाई शान थापाको निर्देशन गरेका हुन् । भिडियोले अनिल के. मानन्धरले खिचेको यस भिडियोका लागि राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here