तेस्रो अर्घाखाँची महोत्सवमा प्लेब्याक गायक चिरंजिबिले धमाका गर्ने !

0
1691

यहि माघ २२,२३ गते अर्घाखाँची महोत्सवमा प्लेब्याक गायक चिरन्जिबीले धमाका गर्ने भएका छन् ! तेस्रो अर्घाखाँची महोत्सवमा चर्चित गायक संगीतकार चिरन्जिबी भण्डारी अगायत अन्य राष्ट्रिय चर्चित कलाकारले पनि प्रस्तुति दिने भएका छन् ! यहि माघ १० गतेबाट सुरु भई २४ गते सम्म चलिरहेको महोत्सवमा विभिन्न राष्ट्रिय धेरै कलाकारको प्रस्तुति भईसकेको छ ! अर्घाखाँची जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन कला संस्कृति उद्योग र ब्यापार, भन्ने मूलनारा सहित सुरु गरिएको औद्योगिक सांस्कृतिक ,पर्यटन कृषि तथा ब्यापार मेलाको १२औँ र १३ औँ दिनमा गायक चिरन्जिबीले प्रस्तुति दिने भएका छन् ! साथमा स्थानीय कलाकरको पनि बेजोड प्रस्तुति हुने सांस्कृति संयोजक बाबुराम भुसालले जानकारी दिनु भयो ! यस ब्यापार मेलाको आयोजकमा मानव संसाधन विकास तथा वातावरण सम्रक्षण मंच( हर्डेप) नेपाल रहेको छ भने, यस ब्यापार मेलाको सम्रक्षकमा अर्घाखाँची उद्योग बाणिज्य संघ र,सन्धिखर्क नगरपालिका रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here