तेस्रो अर्घाखांचि महोत्सव हुंदै !

0
1278

पौष २६ बुधबार काठमान्डौ ! अर्घाखांचि जिल्लाको समग्र विकाशको आधार,कृषि पर्यटन कला र संस्कृति उद्योग र ब्यापार, भन्ने मुल नारा सहित यहि माघ १० गते देखी माघ २१ गते सम्म तेस्रो अर्घाखांचि महोत्सव हुने, आयोजक मानव संसाधन बिकाश तथा वावरण संरक्षण मन्च (हर्डेपा) नेपालले जनाएको छ ! आयोजना हुन लागेको तेस्रो अर्घाखांचि महोत्सवमा बिभिन्न कला बस्तुको अवलोकन कृत्रीम धरहराको अवलोकन बिभिन्न प्रकारका गेमका साथै बिभिन्न राष्ट्रिय कलाकारका साथै स्थानिय कलाकारको बेजोड प्रस्तुति लगायत गायन तथा नृत्य प्रतियोगीता हुनेछ ! गायन प्रतियोगिता र नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद रू बिस बिस हजार प्राप्त गर्नेछन ! सन्धिखर्क नगरपालिकामा हुने यो महोत्सव यहि माघ १० गते देखी २१ गते संम्म चल्ने महोत्सवका सांस्कृतिक संयोजक बाबुराम भसालले जानकारी दिनुभयो ! यो महोत्सवको संरक्षकमा अर्घाखांचि उद्योग बांणिज्य संघ र संन्धिखर्क नगरपालिका रहने जानकारी पनी आयोक मानव संसाधन बिकाश तथा वाताबरण संरक्षण मन्च (हर्डेपा) नेपालले जानकारी दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here